१० बैशाख २०८२, बुधबार | April 23, 2025

समानुपातिक सांसदको नाममाथि छानबिन सुरु, सोमबार निर्वाचित भएको घोषणा हुने



काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सांसदहरुको सूची सच्याउन सुरु गरेको छ ।

दलहरुलाई शनिबार अपरान्ह ४ बजेसम्म समानुापातिक सांसदहरुको नाम बुझाउन समय दिएको आयोगले सांसदहरुको नाम सच्चाउन भोलि सोमबारसम्मको समय दिएको हो । समानुपातिक सिद्धान्तअनुसार समावेशी सूची नमिलेको नाम सच्चाउन आयोगले आज र भोलिको समय दिएको हो ।

यसअघि दलहरुले आयोगलाई बुझाएको बन्द सूचीमा उल्लेख भएको नामावलीभित्रबाट समावेशी सूचीलाई आधार मान्दै दलहरुले सांसद छान्नुपर्छ । यो नियमलाई तलमाथि गर्न पाई्रंदैन । यसैमा सांसदहरुको सूची नमिलेको भए मिलाउनका लागि आयोगले दलहरुलाई समय दिएको हो ।

आयोगले छानविन गरेर सांसदहरुको नाम प्रमाणित गरेपछि मात्रै औपचारिक रुपमा समानुपातिक सांसदहरुले मान्यता पाउँछन् । आयोगले पहिला दलहरुले बुझाएको बन्दसूचीभित्रबाट नाम परे नपरेको, समावेशी सूचीअनुसार महिला, दलित, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतको प्रतिनिधित्व भए नभएको छानविन गर्छ । यो छानविन सकिएपछि भोलि नै समानुपातिक सांसदहरु निर्वाचित भएको घोषणा गर्ने तयारी आयोगले गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ३७ बजे

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा