४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकीमा समानुपातिक सांसद : बागलुङबाट मात्रै ७ जना; मनाङ, मुस्ताङ र तनहुँ निल



पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन ।

११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद पाएनन् । मनाङ, मुस्ताङ र तनहुँबाट समानुपातिक कुनै सांसद हुने छैनन् । सबैभन्दा बढी सांसद बागलुङले पाएको छ । बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन् ।

यस्तै, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १र१ सांसद बनेका छन् । योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन् ।

प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन् । कास्कीमा पनि समान ११ सांसद छन् । प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन् । स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५र५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३र३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन् । मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन् ।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन् । संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन् । सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन् । माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन् । दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन् ।

एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन् । खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन् । उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन् ।

३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन् । यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ०० बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता