८ कार्तिक २०८३, आइतबार | October 25, 2026

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्यो : मुख्यमन्त्री भट्ट



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्नेर लगानीको प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेको बताएका छन् ।

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ छ ।

धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने,  ‘चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेको पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेको चुनावी खर्चले त्यो सम्भावना झनै बढाएको छ ।’

पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए । ‘गरिबले टिकटनै पाउँदैनन्’, उनले भने, ‘टिकट पाए पनि जितेको उदाहरण छैन ।’

आममतदाताले पनि पैसा पाए मात्रै भोट दिने गरेको मुख्यमन्त्री भट्टले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ४० बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको