६ पुस २०८२, आइतबार | December 21, 2025

कामचलाउ सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ : राप्रपा



काठमाडौं । राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ ।

सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक  र आपत्तिजनक रहेको बताएका हुन् ।

कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएका उनले  काम चलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुरुवात भएको भन्दै आपत्ति जनाए ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ः

निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक शुरु हुने अवस्थामा काम चलाउ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ । देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाऊ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुुरुवात हो ।
राष्ट्रपति महोदयले कामचलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ११ : ५८ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा