२ माघ २०८२, शुक्रबार | January 17, 2026

ठमेलभित्र इन्टरनेटका अव्यवस्थित तार काट्न सुरु



काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिए । “चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका हौँ”, उनले भने । ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनले बताए ।

परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ । ठमेल पर्यटन परिषद्भित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आबद्ध छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  २ : ३२ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ