२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सहकारीले उत्पादनशिल क्षेत्रमा लगानीका लागि जोड गरौं : भिम तुलाचन



बुटवल । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले लगानीलाई उत्पादनसँग जोडेर सहकारीहरु अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सहकारीहरुले आफ्नो मर्मविपरित चल्दा आर्थिक समस्याहरु ब्यहोर्नुपरेका घटना सुनाउँदै सचेत भएर अगाडि बढ्नुपर्ने बताए । मंगलमय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुटवलमा सम्पन्न १५ औं वार्षिक साधारणसभामा बोल्दै उनले वित्तीय क्षेत्रमा देखिएको आर्थिक तरलताको संकटप्रति चिन्त व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावसँगै सहकारीहरु आर्थिक रुपमा आतंकित हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै तुलाचनले सदस्यहरुलाई सहकारी शिक्षा दिन आवश्यक रहेको समेत बताए । सहकारीको उद्देश्य र मर्म विपरित चल्दा केही संस्थाहरुले संकट व्यहोरिरहेको बताउँदै उनले त्यस प्रकारकार संकट आउन नदिनका लागि सहकारी शिक्षा तथा नियमिततामा ध्यान दिन जरुरी रहेको बताए ।

नेपाल बचत तथा ऋण सहकारी बैंकका रुपन्देही फल्ड इन्चार्ज छत्रप्रसाद धमलाले सहकारीहरुलाई पारदर्शी र सदस्य केन्द्रित बनाउनु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीहरु आर्थिक संकटमा पर्नुका कारण बारे गलत तथा भ्रामक जानकारी सदस्यहरुमा पुगेका कारण उनीहरुले लगानी सुरक्षित नभएको महशुस गर्दा समस्या उत्पन्न भएको उल्लेख गरे । सदस्यहरुले आफ्नो लगानी सुरक्षित रहेको महशुस गराउन सके आर्थिक संकटको समस्याबाट सहकारीहरु बच्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै मँगलमय बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार होम गलामीले उत्पादनशिल क्षेत्रमा लगानी गर्न जोड दिए । सदस्यहरुले बचतसँगै सहकारीबाट प्राप्त गर्ने ऋणलाई अनुपात्क क्षेत्रमा लगानी गर्न नहुने उनले बताए । सहकारीको वार्षिक उत्सवका अवसरमा ४१ जना जेष्ठ नागरिक सदस्यहरुलाई दोसल्ला सहित एक हजार नगद राशीले सम्मान गरिएको थियो । यसैगरी सहकारीले सञ्चालन गरेको सीपमूलक तालिम अन्तरगत मोवाइल मर्मत सम्बन्धित तालिममा सहभागी ११ जना युवाहरुलाई सम्मन गरेको थियो ।

हाल १४२३ जना सदस्यहरु रहेको सहकारीमा प्रत्येक वर्ष ४ सयका दरले ५ वर्षमा २ हजार बढी सदस्य पुर्याउने लक्ष्य रहेको कार्यबहाक अध्यक्ष बुध माया पुनले बताइन् । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले ५ वर्षमा सेयर पूँजी १० करोड र निक्षेप १ सय करोड पुर्याउने लक्ष्य रहेको उल्लेख गरिन् । सहकारीले सामाजिक सुरक्षातर्फ प्रत्येक सदस्यहरुका लागि २ लाख तथा कर्मचारीहरुका लागि ५ लाख बराबरको दुर्घटना विमा गरिदिएको उनले बताइन् ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष रामबहादुर थापाले ऋण प्रवाहलाई नियमको दायरामा ल्याउने काम भएको उल्लेख गरे । पछिल्लो आर्थिक वर्षमा सेयर पूँजीमा १४ दशमलव ४७ प्रतिशतले वृद्धि भई ४ करोड २५ लाख ५३ हजार एक सय पुगेको उल्लेख गरे ।

यसैगरी जगेडा कोषमा १४ दशमलव ५५ प्रतिशतले वृद्धि भई ३ करोड ३४ लाख ९३ हजार पुगेको जानकारी गराए । निक्षेपतर्फ अघिल्लो वर्षभन्दा ७ दशमलव शुन्य ९ प्रतिशतले कमी भई ४२ करोड ५६ लाख ९१ हजार ४० रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ५४ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक