२१ मंसिर २०८२, आइतबार | December 7, 2025

साइन रेसुङ्गाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’ को उपाधि



बुटवल । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधिजितेको छ । न्यू बिजनेश एजप्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ मा साइन रेसुंगाले उत्कृष्ट व्यवस्थापन गरे वापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।

यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । साइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।
लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकको संघीय राजधानी राजधानी काठमाडौं सहित प्रदेश १ र २ वाहेक ५ वटै प्रदेशमा ८७ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

बैंकका सबैभन्दा धेरै शाखा, कारोबार र ग्राहक लुम्बिनी प्रदेशमा छन् । बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि बैंकका तर्फबाट ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रवास राईले ग्रहण गरेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति, शेयरधनी, कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’-पौडेलले भने ।
बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । यस्तै, बेस्ट म्यानेज्ड ननलाइफइन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ ।

बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा विमल वाग्ले, श्रीमानकार्की, शशी सत्याल र महेश कुमार थापा रहेका थिए । नेपालको पहिलो गर्भनर हिमालय शम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इनबिजनेश लिडरशीप अवार्ड दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ३१ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल