४ पुस २०८२, शुक्रबार | December 19, 2025

बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते



काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पु¥याइएको छ ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको