२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कतार फिफा विश्वकप फुटबल-२०२२ : दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ ।

दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो ।

यता, अफ्रिकी देश मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ । मोरोक्को र फ्रान्सबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : ३३ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’