४ पुस २०८२, शुक्रबार | December 20, 2025

राजधानी अपायक र भेग नमिलेको गुनासोको अन्त्य : अमिक शेरचन



देउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले अपायक र भेग नमिलेको गुनासोलाई आजबाट अन्त्य भएको बताए । उनले आधुनिक शहर बनाउने अवसरकारूपमा राजधानीलाई उपयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित प्रदेश भएको उल्लेख गर्दै महान दार्शनीक गौतमबुद्ध जन्मेको प्रदेश भएका कारण पनि लुम्बिनी प्रदेशमो छुट्टै महत्व रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी बोकेको प्रदेशसभाले संविधान बमोजिम नामाकरण र राजधानी तोकेको स्थानमा कार्यआरम्भ भएकोमा खुसी व्यक्त गरे । प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गरेकोमा मुख्यमन्त्री सहित प्रदेश सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

बिदेशी सहयोग आउने अवसरकारूपमा पनि राजधानी निर्माणमा लाग्न उनले प्रदेश सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको