२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विश्वकप फुटबल : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्ने



काठमाडौं । फिफा विश्वकप फुटबल-२०२२ मा तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रो पटक भेट हुने पक्का भएको हो ।

मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए ।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको थियो । उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो ।

यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन । मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो भने क्रोएसियार बेल्जियमले बराबरी खेलेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : ५३ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’