२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रदेश राजधानी देउखुरी गएपनि संघका कार्यालय बुटवलबाटै संचालन हुनुपर्छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानीको काम कारवाही स्थायी राजधानी देउखुरीबाट भएपनि बुटवलमा रहेका संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलमै रहनु पर्ने बताएका छन् ।

प्रदेश राजधानीको झण्डोत्तोलनको अर्कोदिन खबरकुरासँग कुरा गर्दै प्रदेश प्रमुख शेरचनले संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलबाटै संचालन गर्न उपयुक्त हुने बताए ।

उनले प्रदेशको अस्थायी राजधानी संचालनमा बुटवल र बुटवलबासीको ठुलो योगदान रहेको स्मरण गर्दै प्रदेश सहितको संघीयता कार्यान्वयनमा बुटवलबासीले खेलेको भुमिका विर्सन नहुने बताए । सरकारले प्रदेश राजधानी घोषणा गर्दा बुटवलबासीकै साथमा पहिलो कार्यान्वयन भएको उनले स्मरण गरे ।

स्थायी राजधानी संविधान बमोजिम प्रदेशसभाको दुईतिहाई मतबाट देउखुरी उपत्यकाबाट संचालन गर्ने निर्णय भएपछि राजधानी देउखुरीबाट संचालन हुनु स्वाभाविक भएको प्रदेश प्रमुख शेरचनको भनाई छ ।

बुधबार एक समारोहबाबीच प्रदेश प्रमुख शेरचनले प्रदेश राजधानी देउखुरी उपत्यकामा झण्डोत्तलन गर्दै प्रदेश राजधानीको औपचारिक उदघाटन गरेका थिए । प्रदेशको स्थायी राजधानी तोक्दा नयाँ तोकिएको स्थानमा भौतिक संरचना तयार भएपछि मात्र राजधानी स्थानान्तरण गर्ने भनिएपनि कामचलाउ बनेको प्रदेश सरकारले संरचना तयार नहुँदै बुटवलबाट राजधानी सारेको हो । झण्डोत्तोलन कार्यक्रममा बुधबार प्रफुल्ल मुद्रामा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री केसीले निशनछापबाट बुटवलको नाम हटाएर देउखुरी राख्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ५७ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल