१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रदेश राजधानी देउखुरी गएपनि संघका कार्यालय बुटवलबाटै संचालन हुनुपर्छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानीको काम कारवाही स्थायी राजधानी देउखुरीबाट भएपनि बुटवलमा रहेका संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलमै रहनु पर्ने बताएका छन् ।

प्रदेश राजधानीको झण्डोत्तोलनको अर्कोदिन खबरकुरासँग कुरा गर्दै प्रदेश प्रमुख शेरचनले संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलबाटै संचालन गर्न उपयुक्त हुने बताए ।

उनले प्रदेशको अस्थायी राजधानी संचालनमा बुटवल र बुटवलबासीको ठुलो योगदान रहेको स्मरण गर्दै प्रदेश सहितको संघीयता कार्यान्वयनमा बुटवलबासीले खेलेको भुमिका विर्सन नहुने बताए । सरकारले प्रदेश राजधानी घोषणा गर्दा बुटवलबासीकै साथमा पहिलो कार्यान्वयन भएको उनले स्मरण गरे ।

स्थायी राजधानी संविधान बमोजिम प्रदेशसभाको दुईतिहाई मतबाट देउखुरी उपत्यकाबाट संचालन गर्ने निर्णय भएपछि राजधानी देउखुरीबाट संचालन हुनु स्वाभाविक भएको प्रदेश प्रमुख शेरचनको भनाई छ ।

बुधबार एक समारोहबाबीच प्रदेश प्रमुख शेरचनले प्रदेश राजधानी देउखुरी उपत्यकामा झण्डोत्तलन गर्दै प्रदेश राजधानीको औपचारिक उदघाटन गरेका थिए । प्रदेशको स्थायी राजधानी तोक्दा नयाँ तोकिएको स्थानमा भौतिक संरचना तयार भएपछि मात्र राजधानी स्थानान्तरण गर्ने भनिएपनि कामचलाउ बनेको प्रदेश सरकारले संरचना तयार नहुँदै बुटवलबाट राजधानी सारेको हो । झण्डोत्तोलन कार्यक्रममा बुधबार प्रफुल्ल मुद्रामा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री केसीले निशनछापबाट बुटवलको नाम हटाएर देउखुरी राख्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ५७ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा