१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भरतपुरमा शहरभित्रबाट यात्रु चढाउन र हर्न बजाउन निषेध, पूर्व पश्चिमजाने सवारीलाई छुट्टाछुट्टै पार्किङ



चितवन । भरतपुर महानगरपालिकाले आगामी पुस ७ गतेदेखि साना तथा ठूला सवारीसाधनलाई व्यवस्थापन गर्ने काम सुरु गरेको छ । बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारीसाधन व्यवस्थापन गर्न पाँच वटा महत्त्वपूर्ण निर्णय गरी कार्यान्वनमा ल्याउन लागेको हो ।

पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । महानगरको निर्णय अनुसार पूर्वबाट काठमाडौं–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतको भाडाको सवारीसाधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ ।

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारीसाधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किनु पर्ने छ ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्क तर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ ।

यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारीसाधन ट्रक, लहरी, टिपर जस्ता मालबाहक सवारीसाधनहरुलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।

महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभावी हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँया बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरुलाई पार्किङमा निषेध गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले