१ भदौ २०८३, सोमबार | August 17, 2026

डलरको भाउ कति, युरोको हैसियत के ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ  ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार  युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ९२ पैसाले ओरालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । अघिल्लो दिन भने यस्को खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसामा भएको थियो ।

यता, क्यानेडियन डलर एकको खरिद दर भने ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ एक पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा कायम छ। बिहीबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९१ पैसा र बिक्री दर ३० रुपैयाँ चार पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ४६ बजे

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा