२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डलरको भाउ कति, युरोको हैसियत के ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ  ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार  युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ९२ पैसाले ओरालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । अघिल्लो दिन भने यस्को खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसामा भएको थियो ।

यता, क्यानेडियन डलर एकको खरिद दर भने ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ एक पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा कायम छ। बिहीबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९१ पैसा र बिक्री दर ३० रुपैयाँ चार पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ४६ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको