२१ माघ २०८२, बुधबार | February 4, 2026

के एमाले-माओवादी मिलेर सरकार बन्न सक्ला ? कता जाला एकीकृत समाजवादी ?



काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन ।

संसदको दोस्रो ठूलो दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ ।

माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् । गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आकलन गरिएको छ ।

यदि माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी कता लाग्छ भन्ने विषय थप रोचक बनेको छ ।

तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो । सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र बेस्सरी पेलेपछि उनी पार्टी फुटाउन तयार भए । कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी  निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए ।

यद्यपि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेर्न एमाले माओवादी मिलेर कसरत गरिरहेका बेला एकीकृत समाजवादी कता लाग्छ भन्नेबारे अन्योलता देखिन्छ ।

एमाले माओवादी मिल्दा तपाईंहरू कता ? भन्ने प्रश्नमा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर भन्छन्, ‘एमाले र माओवादी सत्ता स्वार्थका लागि मिल्नु अनैतिक र अवसरवाद हुन्छ । एउटासँग गठबन्धन गरेर चुनावमा जाने र अर्कोसँग मिलेर सरकार बनाउने कुरा नाजायज हुन्छ । हामी कता लाग्छौं भन्ने विषय उनीहरू मिलिसकेपछि थाह हुन्छ ।’

माओवादी एमालेसँग मिल्न गए पनि आफूहरू यथास्थितिमा एमालेसँग सहकार्य नगर्ने उपमहासचिव तुलाधर बताउँछन् । उनले एमाले अध्यक्ष ओलीले आत्मालोचना गरेर विगतमा गरेका गल्तीहरूमा क्षमायाचना गरे मात्र सहकार्यबारे सोच्न सकिने तर ठोकुवा गरेर भन्न सक्ने अवस्था नरहेको बताए । सत्ता स्वार्थका लागि गरिने गठबन्धनबाट जनता आजित भइसकेकाले यस्तो अवसरवादबाट माओवादी मुक्त हुनुपर्ने उपमहासचिव तुलाधर बताउँछन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ५२ बजे

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का