४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : बागमतीसहित तीनवटा प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना



काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज दिउँसो आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश-१ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र वाग्मती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१ र वाग्मती प्रदेशको उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको