२५ माघ २०८२, आइतबार | February 8, 2026

केही पत्रकारलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको राष्ट्र संघ र ईयूद्वारा निन्दा



न्युयोर्क । संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि युरोपेली युनियनले पनि विरोध जनाएको थियो ।

ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका पत्रकारलगायतका खाता बन्द गरेको थियो ।

मिडिया स्वतन्त्रता ‘खेलौना नभएको’ संयुक्त राष्ट्रसघले ट्वीट गरेको छ भने ईयूले ट्विटरलाई प्रतिबन्धको धम्की दिएको छ ।

ट्विटरका प्रवक्ताले अमेरिकी प्रविधि समाचार वेबसाइटमाथिको प्रतिबन्ध लोकेसन डाटाको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताए।

विश्वव्यापी सञ्चारका लागि संयुक्त राष्ट्रसंघका महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले निलम्बन गरिएको रिपोर्टले गहिरो विचलित भएको बताइन्।

‘मिडिया स्वतन्त्रता खेलौना होइन’ उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा एक प्रमुख उपकरण हो ।’

न्यूयोर्क टाइम्सका प्रवक्ताले निलम्बनलाई ‘संशयास्पद र दुर्भाग्यपूर्ण’ भने ।

मस्कले आफ्नो निजी जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि निलम्बन गरिएको हो । -एजेन्सी

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ३० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको