६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सर्वेक्षणमा ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव, पालना गर्लान त बाचा ?



न्युयोर्क । ट्विटर इंकका प्रयोगकर्ताहरूले इलोन मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन् । मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन् ।

यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा  निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए ।

कुनै स्पष्ट उत्तराधिकारी नभए पनि १ करोड ७५ लाख मतमध्ये करिब ५८ प्रतिशत मस्कले नेतृत्वको भूमिकाबाट पछि हट्नु पर्ने पक्षमा थिए ।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन् । झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन् ।

मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए । उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नु परेको छ ।
 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ५८ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा