२५ असार २०८३, बिहिबार | July 9, 2026

स्मार्ट टिभीहरूका लागि ट्विटरको भिडियो एप आउँदैछ : एलन मस्क



लस एन्जलस ।  ट्विटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ । टविटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ ।’

ट्विटर भिडियो एपको आवश्यकता रहेको भन्दै एक प्रयोगकर्ताले दिएको सुझावको जवाफ दिदै मस्कले भनेका छन, ‘यो आउँदैछ ।’

ट्विटरमा एसएम रोबिन्सन नामका एक प्रयोगकर्ताले भने, ‘हामीलाई स्मार्ट टिभीका लागि ट्विटर भिडियो एप चाहिन्छ किनभनै मैले ट्विटरमा एक घण्टा लामो भिडियो हेर्न पाईरहेको छैन् ।’ जसमा मस्कले जवाफ दिएका हुन्, ‘यो आउँदैछ ।’

मस्कको प्रतिक्रिया पछि ती प्रयोगकर्ताले ट्वीट गरे, ‘यो सराहनीय छ । म अब यु–टयुबमा सब्सक्राइब गर्ने छैन, त्यो म अब रद्ध गर्नेछु र त्यसलाई फेरि कहिल्यै हेर्ने छैन ।’

ट्विटरले नयाँ अपडेट पनि ल्याएको छ, जहाँ यसले आफ्ना ब्लु टिक सदस्यहरूलाई २ घण्टा लामो भिडियोहरू अपलोड गर्न अनुमति दिएको छ ।

उनले ट्विट गर्दै मस्कले भनेका छन, ‘ट्विटरका प्रमाणित सदस्यहरूले अब २ घण्टाको भिडियो (८ जीबी) अपलोड गर्न सक्नेछन् ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : २८ बजे

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर