४ पुस २०८२, शुक्रबार | December 20, 2025

युवाको विश्वास जित्नेगरि काम नगरे दलका नेताहरुले विकराल समस्या झेल्नुपर्ने छ : चन्द्र भण्डारी



बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले युवाहरुको विश्वास जित्नेगरि दलका नेताहरुले काम गर्न नसके विकराल समस्या झेल्नु पर्ने चेतावनी दिएका छन् । बाम लोकतान्त्रिक गठबन्धन प्रचार समिति गुल्मीले आज बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेताहरु प्रति युवाहरुको विश्वास घटेको बताए ।

‘नेताहरू प्रति विश्वास घटेको छ, कुर्चि छाड्न पाका नेताहरू तयार छैनन्, कडा प्रतिरोध गरे एमाले जस्तै टुक्राटुक्रा भन्ने डर छ’, उनले भने, ‘भाबी मुख्यमन्त्री भनिएकै कारण सुदर्शन बराललाई हराईएयो, म पनि मन्त्री बन्छु भनेको भए सायद हराइदिन्थे ।’

उनले गुल्मीलाई कसरी देशकै नमुना जिल्ला बनाउने भन्ने चुनौती आफुहरूमाथि आएको बताउँदै अभिभावक बिहिन बनेको गुल्मीको सडकको अभिभाकत्व बन्ने जिम्मेवारी बमोजिम चुनाव जिते लगत्तै रूद्रबेनी देखि वामीटक्सारको सडकमा ४ वटा पुलको ठेक्का लगाईएको दाबी गरे ।

आफुले सुरू गरेको सालझण्डी तम्घास जोड्ने सडक अभिभावक बिहिन भएको अवस्थाको पनि अन्त्य भएको उनले बताए । उदघाटनको र शिलान्याशको फोटो खिच्नका लागि आफुले काम नगर्ने बताउँदै भण्डारीले गुल्मीलाई देशकै नमुना बनाउने अभियानको थालनी गरिएको जानकारी दिए ।

७ हजार बढी रूपन्देहीमा बसोबास गर्ने गुल्मेलीलाई बधाई दिँदै उनले रूपन्देहीबाट गाउँ फर्केर मत नदीएको भए जित्न कठिन रहेको स्मरढा गराए ।

उनले देशमा भ्रष्टाचारले डुङदुङी गनाएको अवस्था रहेको बताउँदै जुनसुकै तरिकाले भ्रष्टाचारको अन्त्य गर्न जरूरी रहेको बताए । उनले चन्द्र भण्डारीले घुस खायो भन्ने सुन्न नदिने प्रतिबद्धता ब्यक्त गरे । गुल्मीले नेपालको नेतृत्व गर्न सक्नेगरि काम गर्ने उनले घोषणा गरे ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको