४ पुस २०८२, शुक्रबार | December 20, 2025

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने



काठमाडौ । धार्मीक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ ।

यो सँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा गरेका छन् । एनएमबी बैंक र फानपेको शक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत शुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँ पालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्धार समिति, मनकामना मन्दिरका मुल पुजारी,उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख भन्दा धेरै मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको