१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक !



पोखरा । संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नुपर्छ । त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ । प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ ।

२८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो । त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनभन्दा अगाडी प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा जेष्ठ उमेरका ब्यक्तिले बैठकको अध्यक्षता गर्ने छ ।

शनिबार निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको अन्तिम नतिजा प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् । अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएसँगै औपचारिक रूपमा सरकार गठनको बाटो खुलेको छ । गत चुनावबाट गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो पार्टी बनेको छ भने २२ सिटसहित एमाले दोस्रो तथा आठ सिटसहित माओवादी तेश्रो पार्टी बनेको छ ।

समानुपातिकबाट इन्ट्री मारेको राप्रपाको दुई सिट छ भने दीपक मनाङे (राजीव गुरुङ) स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा गएपछि उक्त पार्टीको उपस्थिति पनि प्रदेश सभामा हुने भएको छ ।

संविधानअनुसार निर्वाचनको नतिजा घोषणा भएको ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने छ । कसैको पनि बहुमत नपुगेका कारण यहाँ दुई वा सो भन्दा बढी पार्टी मिलेर नै सरकार बन्नेछ । संविधानको धरा १७६ (१) बमोजिम बहुमत पुगेको पार्टीको नेता मुख्यमन्त्री हुनेछन् । यहाँ बहुमत नपुगेका कारण उपधारा (२) बमोजिमको सरकार बन्ने छ । उक्त उपधाराबमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दावी गर्न सक्ने प्रदेश सांसद मुख्यमन्त्री बन्ने छन् । उसले उपधारा (४) बमोजिम विश्वासको मत लिने छ । यदि यो उपधाराअनुसार पनि सरकार बन्ने अवस्था नरहे प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिने छ ।

नियुक्ति पाएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । उपधारा (५) मा अघिल्ला तीनवटै उपधाराअनुसार मुख्यमन्त्री नबनेमा वा विश्वासको मत नपाएमा प्रदेश सभामा रहेका कुनै सांसदले बहुमत सहित मुख्यमन्त्री दावी गरे उनै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । उसले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उपधारा (५) अनुसार पनि मुख्यमन्त्री नियुक्त हुन नसके वा विश्वासको मत नपाए प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।

यसको अर्थ पुस महिनाभरिमा नयाँ सरकार आइसक्ने छ । अबको १५ दिनभित्र संसदको पहिलो बैठक बस्ने छ । त्यसअघि नै सपथ हुनेछ भने पहिलो बैठक बसेको १५ दिन अर्थात् पुसभरिमा सभामुख र उपसभामुखको निर्वाचन भइसक्ने छ ।

गण्डकीमा दलहरू सरकार गठनको कसरतमा जुटिसकेका छन् । कांग्रेस नेता सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल मुख्यमन्त्रीको रेसमा छन् । यस्तै, सत्ताघटकबाटै माओवादीका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दावी गरेका छन् । यहाँ कांग्रेस र माओवादीको समिश्रणबाट सरकार बन्ने सम्भावना प्रवल छ । यद्यपि केन्द्रीय राजनीतिको निर्णयबाट यहाँको कोर्स चेन्ज हुने छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : ३८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’