५ पुस २०८२, शनिबार | December 20, 2025

सत्तामा जान अवान्छित गतिविधि गर्ने पक्षमा छैनौ, एमालेलाई हतारो छैन : गोकर्ण विष्ट



बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उनको भनाइ छ ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए ।

समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रुपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘जनताले एमालेलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधि गर्ने पक्षमा हामी छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भने ।

यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए ।

वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उनले बताए ।

चुनावबाट कसैको बहुमत नआएकाले आउँदो पाँच वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताए ।

विष्टले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताए । उनले वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरुसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरु नलाग्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ४४ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय