५ पुस २०८२, शनिबार | December 20, 2025

सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण



काठमाडौं । नेपाली कांग्रेस पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका हुन् । भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए ।

प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकोमा १ असार २०७८ को बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः सुरु भएको र अब काठमाडौँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने जानकारी दिए ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवासहित खानेपानीमन्त्री उमाकान्त चौधरी, सांसद मोहनबहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दिपकुमार उपाध्याय, गोकर्णेश्व नगरपालिकाका प्रमुख दिपक रिसाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको