२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटन परिषद र नाथमबीच सम्झौता, लुम्बिनी प्रदेशको पर्यटनमा टेवा पुग्ने



बुटवल । पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमका बिच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परिषदले आफनो वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार ब्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरु चलाउदै आएका छन ।

लुम्बिनी प्रदेशका पर्यटन ब्यवसायीहरुको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरि संचालन गर्ने तयारीमा रहेको परिषदका कार्यकारी निर्देशक रामु जोशीले बताए । नाथम र परिषदबाट ब्यवसायको गुणस्तर विधि, स्थानिय रुपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन ब्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको काम समेत गर्ने उनले बताए ।

पुस महिनामा रुपन्देही, बर्दिया, बाँके र पाल्पा जिल्लामा पर्यटन ब्यवसायलाई लक्षित गरि तालिम संचालन गर्ने तथा थप कार्यक्रमहरु तय भएको जानकारी दिँदै उनले प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिईने बताए ।

लुम्बिनी प्रदेश सरकारबाट पर्यटन ब्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गरि लुम्बिनी प्रदेशलाई एक आर्कषक पर्यटनस्थलको रुपमा विकसित गर्न, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पर्यटकीय गन्त्ब्यहरु परिचित गराउने उद्येश्यका साथ परिषद गठन गरि संचालनमा ल्याएका छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४२ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति