७ पुस २०८२, सोमबार | December 22, 2025

दोस्रो कालिका रनिङ शिल्ड जारी, एथ्लेटिक्स र भलिबल सम्पन्न



बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबडीका खेलहरु सम्पन्न भएका छन ।

प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन । छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका हुन । खेलमा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलका दिलराज कुवर ११.४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिका शुशिल चौधरी ११.८४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

यसैगरि छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माबिकी पवित्रा बिकले १४.१७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छिन । कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।

छात्र सटपुटतर्फ कालिका माबिका धर्मराज धवलले १०.४२ मिटर दुरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यु होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन ।

छात्रा सटपुटमा एभरेष्ट इगलिस बोर्डिङ स्कुलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छिन । उनले ८.५७ मिटर दुरी छेलो फयाल्दै स्वर्ण हात पारिन । यसैगरि टिकुलीगढ माबिकी सिमा केवट ७.१० मिटर छेलो फयाल्दै दोस्रो तथा न्यु होराईजनकी बिष्णु सोमरे मगरले ६.९८ मिटर दुरी छेलो फाल्दै तेस्रो भएकी छिन ।

छात्र भलिबलतर्फ अन्तिम १६ को टुगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिह, इडेन र न्यु भिजन, होराईजन इबोस्कुल र होराईजन जिबिएस, सिता माबि र कालिका मानव ज्ञानका बिचमा खेलहरु हुनेछन ।

यसैगरि छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजन बिच फाईनल खेल हुने छ भने नवज्योती र दीप बोर्डिङ स्कुलका बिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

यसैगरि छात्रा कबठ्ठीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन । पहिलो सेमीफाईनलमा कालिका माबि र होराईजन जिबिएस तथा होराईजन इ बो स्कुल र जनज्योती माबिका बिचमा खेल हुनेछ ।

 

 

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४९ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका