५ पुस २०८२, शनिबार | December 20, 2025

शुक्रबारसम्म सांसदहरूलाई सपथ खुवाउने तयारी, ज्येष्ठ सदस्यबारे अझै निर्क्यौल हुन बाँकी



काठमाडौं । संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन् ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ । सांसदहरूलाई सपथ खुवाउन दुई तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ । किनकि प्रतिनिधिसभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन् । उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ ।

तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन । नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन् । उनको उमेर ८५ वर्ष छ । तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएका छन् । उनले निर्वाचन आयोगले अझैसम्म आफ्नो उमेर नसच्याएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन् ।

यादवपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर राणा ज्येष्ठ सदस्य छन् । यदि यादवले सपथ नखुवाएमा राप्रपा सांसद राणाले सबैलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : २७ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।