१ भदौ २०८३, सोमबार | August 18, 2026

शुक्रबारसम्म सांसदहरूलाई सपथ खुवाउने तयारी, ज्येष्ठ सदस्यबारे अझै निर्क्यौल हुन बाँकी



काठमाडौं । संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन् ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ । सांसदहरूलाई सपथ खुवाउन दुई तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ । किनकि प्रतिनिधिसभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन् । उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ ।

तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन । नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन् । उनको उमेर ८५ वर्ष छ । तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएका छन् । उनले निर्वाचन आयोगले अझैसम्म आफ्नो उमेर नसच्याएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन् ।

यादवपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर राणा ज्येष्ठ सदस्य छन् । यदि यादवले सपथ नखुवाएमा राप्रपा सांसद राणाले सबैलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : २७ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार