५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीमा माधव नेपाल र जनमत पार्टीमा सीके राउत सर्वसम्मत संसदीय दलको नेता चयन



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन ।

यस्तै, सोमबार नै जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सिके राउत सर्वसम्मत चयन भएका छन् । दलको केन्द्रीय समिति बैठकपछि बसेको दलको बैठकले राउतलाई सर्वसम्मत नेता चयन गरेको हो ।

जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ०२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य