२९ मंसिर २०८२, सोमबार | December 15, 2025

निर्वाचन सकिए लगत्तै ठुलो संख्यामा प्रहरी अधिकारीहरुको काज सरुवा (सूचीसहित)

बुटवलमा दानबहादुर थापा, बाँकेमा सन्तोषसिंह राठौर



काठमाडौं । निर्वाचन सकिए लगत्तै प्रहरी संगठनमा ठुलो संख्यामा प्रहरी अधिकारीहरुको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक र ९ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको काज सरुवा सूचीअनुसार बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी राजमार्ग सुरक्षा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा काज सरुवा गरिएको छ भने काठमाडौ उपत्यका प्रहरी कार्यालय अन्वेशण शाखाका सन्तोष सिंह राठौरलाई बाँके प्रहरी प्रमुख बनाएर काज सरुवा गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने नेपाल प्रहरी पहरा गणका कोमल शाहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरुवा गरिएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय कास्की काज सरुवा गरिएको छ भने प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट दान बहादुर थापालाई इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यसैगरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपी डिलबहादुर मल्ललाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : ०८ बजे

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन