४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धार्थनगरमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘सो अवधी (३५ दिन) पश्चात पनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइनेछ ।’

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको