३२ असार २०८३, बिहिबार | July 17, 2026

दीपा र पुनम सुडान ‘मिसन’ मा



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वसदस्यद्वय दीपा राई र पुनम जर्घामगर नेपाली सेनाको ‘मिसन’ अन्तर्गत सुडान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध दुबै खेलाडी सोमबार राति दक्षिण सुडान प्रस्थान गरेका थिए ।

गत असोज पहिलो साता नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपबाट दुई खेलाडीले औपचारिक सन्यासको घोषणा गरेका थिए । दुई खेलाडीसँगै इन्दिरा राईले समेत राष्ट्रिय टोली त्यागेको घोषणा गरेकी थिइन् ।

रक्षक पुनम र मिडफिल्डर दीपा ‘मिसन’ मा एक वर्ष रहनेछन् । फर्किएपछि दुबैले क्लब फुटबलमा ध्यान दिने बताएका छन् । दुई खेलाडीसँगै आर्मीकी सपना लामा मिसनमा पुगेकी हुन् ।

दीपा र पुनम दुबैले सन् २०१४ पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । पुनमले राष्ट्रिय टोलीबाट ३९ खेल खेल्दा दीपाले ३६ खेल खेलेर एक गोल गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : २३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना