३ माघ २०८२, शनिबार | January 17, 2026

दम्पतीको शव फेला



गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।

लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

उनका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।

सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । उनीहरु मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ ।

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । “घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो”, उनले भने, “शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।” घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सोमबार साँझ धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : २६ बजे

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं । काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक

झापा-५ मा नेकपाका उम्मेदवार रञ्जित तामाङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नं. ५

‘भरतपुरको मुहार फेरेर बिदा लिंदैछिन् रेनु दाहाल’

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि