५ पुस २०८२, शनिबार | December 20, 2025

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ ।

कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो ।

कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको राससलाई जानकारी दिनुभयो । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ ।

नौ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । सो कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाको नापतौलसम्बन्धी काम हुँदै आएको छ ।

सो कार्यालयले पछिल्लो समय नुवाकोटको विदुर, काठमाडौँको चन्द्रागिरि, धुम्बाराही तरकारी बजार, कुलेश्वर खाद्य व्यवसाय, टुकुचा तरकारी बजार, ललितपुर सुन चाँदी व्यवसाय, भक्तपुर सुन चाँदी व्यवसायलगायतको क्षेत्रमा टोली परिचालन गरिसकेको छ ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको कार्यालय प्रमुख झाले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : २४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता