२९ असार २०८३, सोमबार | July 13, 2026

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ ।

कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो ।

कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको राससलाई जानकारी दिनुभयो । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ ।

नौ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । सो कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाको नापतौलसम्बन्धी काम हुँदै आएको छ ।

सो कार्यालयले पछिल्लो समय नुवाकोटको विदुर, काठमाडौँको चन्द्रागिरि, धुम्बाराही तरकारी बजार, कुलेश्वर खाद्य व्यवसाय, टुकुचा तरकारी बजार, ललितपुर सुन चाँदी व्यवसाय, भक्तपुर सुन चाँदी व्यवसायलगायतको क्षेत्रमा टोली परिचालन गरिसकेको छ ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको कार्यालय प्रमुख झाले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : २४ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की