१८ असार २०८३, बिहिबार | July 2, 2026

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका हुन्। “शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उनले भने । देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताए । उनले नेकपा (माओवादी केन्द्र)ले अहिले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्नु गठबन्धन र जनाताको मर्मविपरीत भएको बताए । उनले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकाङ्क्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढङ्गबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट दाबी गरे । श्रमिकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ४६ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता