२५ भदौ २०८३, बिहिबार | September 11, 2026

कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे ? प्रहरी प्रधान कार्यालयले जवाफ खोज्ने



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन् ।बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् ।

उनले सबैको सक्रियताले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै अब प्रहरीको नियमित काममा केन्द्रित रहनसमेत निर्देशन दिए । प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न के-कस्ता काम भएस यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।

नागरिकबाट आउने महत्त्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने समेत महानिरीक्षक सिंहले बताए ।

निर्वाचन सकिए लगत्तै प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक र ९ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : २९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ