१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे ? प्रहरी प्रधान कार्यालयले जवाफ खोज्ने



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन् ।बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् ।

उनले सबैको सक्रियताले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै अब प्रहरीको नियमित काममा केन्द्रित रहनसमेत निर्देशन दिए । प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न के-कस्ता काम भएस यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।

नागरिकबाट आउने महत्त्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने समेत महानिरीक्षक सिंहले बताए ।

निर्वाचन सकिए लगत्तै प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक र ९ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : २९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर