१८ चैत्र २०८२, बुधबार | April 1, 2026

चार्ल्स शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर चाल्र्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो । “अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ”, सर्वोच्चको आदेशमा भनिएको छ, “सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु ।”

शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल नदेखिएको व्याख्या गरेको छ ।

आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख छ । फ्रान्सेली नागरिक शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : १६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज