७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चार्ल्स शोभराज आज रिहा हुँदै



काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदैछन् ।

बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार शोभराज आज बिहान १० बजे रिहा हुने सम्भावना छ । बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ ।

कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।

शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ३७ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ