२४ भदौ २०८३, बुधबार | September 9, 2026

१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज, कहिल्यै फर्किन नपाउने गरी देश निकाला गरिँदै



काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई ९बुधबार० जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

चार्ल्स शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् । जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नगइन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : २७ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै