६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मानव बेचबिखनमा चिनियाँ नागरिक पनि…


६ पुस २०७९, बुधबार  

208
Shares

काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो ।

चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।

मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु¥याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो ।

यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्कामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले यसरी मानव बेचबिखनमा संलग्न अभियुक्त चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको पनि उनले बताए ।

उनीहरू व्यापारिक भिसा लिएर विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ भने आइटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी मानिसलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पु¥याएर त्यहाँबाट गाडीमा लाओस पठाई मानव बेचबिखन गरेको ब्युरोको दाबी छ ।

उनीहरूले सुरुमा लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि एक हजार ५०० डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर नेपालबाट मानिस लाओस पठाउँदै आएका थिए । लाओस पु¥याएर आइटी कम्पनीमा राखी त्यहाँबाट नक्कली सामाजिक सञ्जाल खोल्न लगाई विट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशमा मानिससँग सम्पर्क गर्न लगाई कानूनविपरीतका कार्यमा संलग्न गराइएको पीडितहरूले बताएका छन् । ती चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही रु तीन लाख ९० हजार लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए ।

उनीहरूमार्फत बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पनि पीडितले बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । यसरी बेचबिखनमा परेका भनेर तीन महिला र सात पुरुषले छुट्टाछुट्टैरूपमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसरी भएको थियो घटना

चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका थिए । सोही क्रममा डलरमा तलब पाउने लोभमा काठमाडौँमा कक्षा १२ सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा आएका थिए ।

सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलब पाउने प्रलोभनमा गत भदौ १७ गते सडकमार्गबाट भारत अनि थाइल्याण्ड हुँदै लाओस पु¥याइएका थिए । बीचमा फरकफरक व्यक्ति जोडिएर उनीहरूलाई लाओस पु¥याएको पीडितहरूले बताएका छन् । त्यसपछि भनेको कम्पनीमा काम नलगाई पीडितलाई गैरकानूनी काममा लगाइएको थियो ।

दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गएको कात्तिक २५ गते नेपाल फर्कन सफल भए । अनि पीडितले कात्तिक ३० गते ब्युरोमा जाहेरी दिएका र सोही जाहेरीका आधारमा प्रहरीले काठमाडौँको ठमेलबाट मङ्सिर ८ गते चेन याङलाई पक्राउ ग¥यो । उनलाई पक्राउ गरेको चाल पाएका अर्का अभियुक्त रुङ भने भागे ।

उनी भागेको थाहा पाएको प्रहरीले सबै नाकामा निगरानी बढाएकामा मङ्सिर ९ गते बिहानै बङ्गलादेश जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भयो । उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मङ्सिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही मिसिलका आधारमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाडौँ जिल्ला अदालतमा मङ्गलबार (पुस ५ गते) थुनछेक बहस भएको थियो । अदालतले सोही दिन नै दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरूले पठाएका धेरै नेपाली लाओसमा बन्धक जस्तैगरी राखिएको सूचना आएकाले उनीहरूको पनि उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ४१ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए