५ पुस २०८२, शनिबार | December 20, 2025

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा



भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ ।

स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना  र हनिबाट ४ पुरुष र ५ महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए ।

स्पा व्यवसाय संचालन सम्बन्धी भएको आचारसंहिता नै पालना नगरी स्पा सेन्टरको नाममा दुरुपयोग गरेकोले पहिलो पटक अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयमा ल्याई सचेत गराइ छाडिएको छ । स्पा सेन्टर संचालकलाई समेत मापदण्डमा विपरितका गतिवधी दोहिरीएमा कारवाही गरिने प्रहरी प्रवक्ता अर्यालले भने ।

रुपन्देहीमा पछिल्लो समय स्पा सेन्टरहरु धमाधम संचालनमा छन । कतिपय दर्ता भएपनि अधिकांस दर्ता नभएको पाएपछि नगरपालिकाले पनि करको दायरामा ल्याउन अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको