१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या



टोरन्टो । क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ ।

आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।

पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।

आइतवार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ ।   उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।

क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरुलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरुबाट हतियार जफत गरिएको छ ।

उनीहरू सामाजि सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ ।  आक्रमणको साँझ एउा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ३० बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको