२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने



काठमाडौं । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ ।

यो सुविधा क्यानडामा  ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ । क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।

क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए। पहिले नै क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरुमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् ।

अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानडामा रहुन्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्धेश्यले क्यानडाले विद्यार्थीहरुलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाई छ । जसका कारण उनीहरुको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।

अध्यागमन मन्त्री मार्क मिलरले ज्यानुअरि २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तरास्ट्रिय विद्यार्थीहरूले बार्षिक २० हजार ६३५ क्यानाडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन्। रेग्मीका अनुसार बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानाडाको बसाइ सफल, सुखद र झन्झटरहित हुने बताए ।

यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको श्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् । भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले  क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नको लागि र  जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले बिद्यार्थीकै हित हुन्छ । गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन् यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्‍याउनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : २३ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि