२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

सरकार अहिलेको गठबन्धनबाटै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार अहिलेकै गठबन्धनबाट बन्ने बताएका छन्।

सांसदको शपथ लिएपछि संघीय संसद भवनमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने बारेमा सल्लाह भैरहेको जनाए । आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ।’ उनले भने, ‘को प्रधानमन्त्री बन्ने भन्नेबारेमा हामी सल्लाह गर्दैछौं।’
प्रचण्डले शान्तिपूर्ण र सफलतापूर्वक सफल भजस्तै गरी सरकार पनि सहज ढंगले नै बन्ने विश्वास व्यक्त गरे ।

निर्वाचन आयोगले निर्वाचन सम्पन्नसम्बन्धी प्रतिवेदन बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छिन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  २ : ५६ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको