१३ भदौ २०८३, शनिबार | August 29, 2026

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी



गुल्मी । गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो ।

स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसङ्ख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ । यो अनुसार जम्मा ३८ दशमलव ३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ ।

गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बिमा लागू भएको हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट रु ५३ लाख ४५ हजार सङ्कलन भएको थियो ।

आव २०७७÷७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए । यसबाट नवीकरणसहित रु तीन करोड ५८ लाख ९२ हजार सङ्कलन भएको थियो । आव २०७८÷७९ मा भने स्वास्थ्य बिमा गराउनेको सङ्ख्या घटेको छ । कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन् । यसमा अघिल्लो पटकको नवीकरणसहित रु चार करोड ७५ लाख ६० हजार सङ्कलन भएको स्वास्थ्य बिमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले जानकारी दिए ।

गुल्मी अस्पतालमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको सङ्ख्या निकै न्यून छ । आव २०७८÷७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बिमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । यस वर्ष स्वास्थ्य बिमा गराउने सङ्ख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ ।

यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बिमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन् । स्वास्थ्य बिमा गराएमा रु तीन हजार पाँच सयमा घरका पाँच जनाले रु एक लाख बराबरको उपचार सेवा लिन सक्छन् । स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल रु चार करोड ७३ लाख ७८ हजार बराबरको सेवा लिएको डा पच्याले बताए ।

पछिल्ला वर्षमा तुलनात्मकरुपमा बिमितको सङ्ख्या बढ्नुपर्ने हो । अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बिमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ । सबैलाई स्वास्थ्य बिमामा समेट्न नसकिएको बिमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए । जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ३४ बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४