२४ भदौ २०८३, बुधबार | September 9, 2026

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ



गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

छत्रकोट-५ मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री-वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो । स्थानीय बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला पारेको हो ।

सोही क्रममा प्रहरीले कामीका छिमेकी झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक तथा बुद्धि बहादुरसँग बन्दुक खरिद गरेको प्रेमबहादुर सिँजालीको घरगोठबाट एक थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी÷बट आठ थान, काठका बट पाँच थान, फलामका गोली छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद र टिनका बाकसभित्र राखिएका हतियारका पाटपुर्जा समेत बरामद गरेको छ ।

त्यस्तै हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान गेलेन्डर मेसिन, एक थान ड्रिल मेसिन, एक थान वेल्डिङ मेसिन, दुई थान भाइब्रेसन मेसिन तथा आरी, बसुला, गिलास, पन्चकस, कैँची, हथौडालगायतका औजार पनि बरामद गरिएको सूचना अधिकारी विश्वकर्माले बताए ।

प्रहरीले उनीहरुको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ७ : ३५ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित