१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महिला फुटसल प्रतियोगिता : फुटसलको उपाधि सञ्चारिका समूहलाई



बुटवल । शुक्रबार सम्पन्न  महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।

उपाधिसंगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समुहकी टिम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हुदै पुरस्कृत भइन् ।

यसैगरि सञ्चाचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पावर्ती खत्री, अनुसासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन् ।

सचेत नारी, सचेत परिवार : हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, दीपु पोखरेल, कल्पना तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ को सहकार्यमा एक दिने महिला शसक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई विभिन्न संघ संस्थाहरुले समन्वयात्मक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ०५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान