२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

महिला फुटसल प्रतियोगिता : फुटसलको उपाधि सञ्चारिका समूहलाई



बुटवल । शुक्रबार सम्पन्न  महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।

उपाधिसंगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समुहकी टिम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हुदै पुरस्कृत भइन् ।

यसैगरि सञ्चाचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पावर्ती खत्री, अनुसासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन् ।

सचेत नारी, सचेत परिवार : हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, दीपु पोखरेल, कल्पना तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ को सहकार्यमा एक दिने महिला शसक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई विभिन्न संघ संस्थाहरुले समन्वयात्मक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : ०५ बजे

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप

लुम्बिनी प्रादेशिक अस्पतालका २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्पेरणा तालिम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत २ सय बढी

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट